Techie IT
सोमबार, वैशाख ८,२०८२

एसपी नवराजको एक्सन : लुटपाट गर्ने गिरोहका ३ जना १ घण्टा नबित्दै पक्राउ


चितवन । पुर्वपश्चिम राजमार्गमा गुडिरहेको ट्रकलाइ रोकी लत्ताकपडाहरू लुट्ने गिरोहका तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पुर्वी चितवनको राप्ती नगरपालिका वडा नंम्बर ०१ नयाँवस्ती सडकखण्डमा गुडिरहेको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नंम्बरको डिब्बा ट्रकलाई रोकि ट्रकभित्र रहेको सामान लुटपाट गर्ने ३ जनालाई चितवन प्रहरीले १ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका वडा नंम्बर ०२ सिमलघारी बस्ने बर्ष १९ को पवन भट्टराई, राप्ती नगरपालिका वडा नंम्बर ०८ खुखुरे बस्ने बर्ष २४ को मनिष के.सी र खैरहनी नगरपालिका वडा नंम्बर ०९ सिमलटाँडी बस्ने बर्ष ३९ को ऋषिराम शर्मा रहेका छन् ।

नकावसहित आएका उनीहरुले हिजो (बुधबार) बिहान अन्दाजी ८:४० बजेको समयमा बिरगंजबाट खुद्रा सामान र लत्ताकपडाहरू लोड गरी आउँदै गरेको २ वटा डिब्बा ट्रकहरूलाई जवरजस्ती रोकी ट्रक चालकलाई ज्यान मार्ने धम्की दिइ मालसामानहरू लुटी लगेका थिए ।

बिरगंजबाट भरतपुरतर्फ आइरहेको सो, ट्रकलाई राप्ती नगरपालिका १ नयाँवस्तीस्थित राजमार्ग खण्डमा जवरजस्ती रोकी ट्रकमा रहेका लत्ताकपडा लगायतका केही सामानहरू लुटेका थिए । लुटपाट कार्यमा उनीहरुले प्रदेश नम्बर २-०३-००१ च ०८४७ र बागमती प्रदेश ०३-००१ च ०६६३ नं. को गाडी प्रयोग गरेका थिए ।

नियन्त्रणमा लिइएको सवारीसाधनसहित पक्राउ परेकाहरु उपर प्रहरीले डाँका चोरी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाइ अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय खैरहनीमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको छ भने घट्नामा संलग्न अन्यलाइ प्रहरीले खोजी सुरु गरिएको बताइएको छ ।

यसरी पक्राउ परे लुटेरा ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारी एउटा सफल अनुसन्धान गर्ने अधिकृत हुन् । उनलाई हिजो (बुधबार) ट्रक रोकेर केही ब्यक्तिले आफ्नो सामान लुटिएको जानकारी गराए । सामान लुटिएको खबर पाएका (एसपी) अधिकारीले घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान कार्यलाइ अघि बढाएका थिए ।

सूचना पाएलगत्तै (एसपी) अधिकारीले घटनामा संलग्न मानिसहरूलाई खोजतलास एवं पक्राउको लागी तत्कालै जिल्ला प्रहरी कार्यालय चितवन सहित मातहतको ईलाका प्रहरी कार्यालय टाँडी, ईलाका प्रहरी कार्यालय खैरहनी र ईलाका प्रहरी कार्यालय भण्डाराबाट समेत व्यापकरूपमा प्रहरी परिचालन गरे ।

घट्नालाइ चासोका साथ हेरेका (एसपी) अधिकारीले लुटेराहरुले प्रयोग गरेको प्रदेश नम्बर ०३-००१ च ०६६३ नं. को सवारीसाधनलाइ राप्ती नगरपालिका वडा नंम्बर ०८ विरेन्द्रनगरमा फेला पार्न सफल भयो ।  विरेन्द्रनगरमा फेला परेको सो गाडी र त्यसका चालक पवन भट्टराई सहित गाडीमा सवार मनिष के.सी. लाई प्रहरीले तत्कालै नियन्त्रणमा लिईएको थियो ।

त्यससँगै, पुनः अर्को सवारी साधन खोजतलास गर्ने क्रममा प्रदेश २-०३-००१ च ०८४७ नंम्बरको सवारी साधनलाई समेत हिजो बुधबार नै खैरहनी नगरपालिका वडा नंम्बर ०९ सिमलटाँडीमा चालक ऋषिराम शर्मा सहितलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो ।

सवारी र सवारी चालकलाई प्रहरीले पक्राउ गरेपछि डाँका गरी लगेको लत्ताकपडाहरू रत्ननगर नगरपालिका वडा नंम्बर १४ लौरीघोलस्थित गाई फार्ममा लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले (बुधबार) नै गाई फार्मबाट खुद्रा सामान र लत्ता कपडाहरू बरामद गरेका थिए ।

प्रहरी प्रमुख (एसपी) अधिकारी आफैंले घट्नालाइ गम्भीरतापूर्वक लिइ अनुसन्धान कार्यलाई अघि बढाउदा लुटेरा समूहलाई १ घण्टा नबित्दै पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

चोरी गरिएका लत्ताकपडाबाहेक ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नंम्बरको डिब्बा ट्रकमा बाँकी रहेका लत्ताकपडा तथा ट्रकहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको प्रहरी प्रमुखको रूपमा अहिले (एसपी) नवराज अधिकारीले जिम्मेवारी सम्हालिरहेका छन् । उनी ब्यवसायिक छवि भएका प्रहरी अधिकृत हुन् । उनी चितवन आएलगत्तै भन्सार छली गरी ल्याएका अन्दाजी ३ करोड मूल्य बराबरको कपडा बरामद गर्न समेत सफल भएका उनी शान्तिसुरक्षा नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने प्रहरी अधिकृत भित्र गनिन्छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545