महाकवि देवकोटाको साहित्य यात्रा स्मरण

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन ।
भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०औ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गरे ।
कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो । उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी पँधेरो’, ‘आमा’, ‘शान्ति’, ‘प्रेमको निशानी,’ ‘धोका’, ‘मन’, ‘बुहारी’, ‘परिवर्तन’, ‘भाग्य’, ‘भावना’, ‘साहित्यको ढोका’, ‘वेदना’, ‘निःस्वार्थ’, ‘संस्कृति शीर्षक’का ६४ वटा समसामयिक कविताहरु समेटिएको छ । उक्त कविता सङ्ग्रहका बारेमा कृष्ण पोखरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताए ।
समारोहमा उक्त कलेजका विद्यार्थीले भैलोसम्बन्धी नृत्यसहित गीत सङ्गीत प्रस्तुत गरेका थिए भने महाकविको सम्झनामा विभिन्न कविकवयित्रीले कविता वाचन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #महाकवि देवकोटा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्