Techie IT
आईतबार, वैशाख ७,२०८२

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा गोपाल बराल सर्वसम्मत सिफारिस


पार्टी (एकीकृत समाजबादी) गोकर्णेश्वर  नगर कमिटिले सर्वसम्मत रुपमा  सिफारिस गरेको छ  ।त्यसै गरि उप प्रमुख डोल्मा लामालाई सिफारिस गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का पोलिटब्युरो सदस्य समेत रहेका  गोपाल बराल तत्कालिन जोरपाटी गाबिसका अध्यक्ष समेत हुन ।  उनि अध्यक्ष हुँदा हालका काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राइ उपाध्यक्ष रहेका थिए ।

लामो समय नेकपा एमालेको विभिन्न कमिटीमा रहेर योगदान पुर्याएका बरालले नेकपा विभाजन भए संगै  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) रोजेका हुन । बराल  नेकपा एकीकृत समाजवादी बाट सर्वसम्मत रुपमा नगर प्रमुखको लागि  सिफारिस भए पनि  सत्तागठबन्धन बाट को नगर प्रमुख हुने भन्ने विषयमा  टुंगो लाग्न भने बाँकी नै छ ।  त्यसको लागि निरन्तर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।

कपन अनलाइन


क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545