Techie IT
आईतबार, वैशाख ७,२०८२

संखुवासभाको सातवटा स्थानीय तहमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने

मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा भने बेग्लाबेग्लै प्रतिस्पर्धा गर्ने ।


सत्तारुढ दलहरुले संखुवासभाको सातवटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन् । शनिबार जिल्लामा रहेका १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

पालिकामा गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले ५, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले १ पालिकाको नेतृत्व पाएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला समितिले वैशाख २ गते माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताएको थियो । तर केन्द्रको निर्देशनपछि सात पालिकामा गठबन्धन भएको हो ।

गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले खादबारी, पाचखपन, चैनपुर, धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिका अध्यक्ष पाएको छ । माओवादी केन्द्रले मादी नगरपालिका प्रमुख र नेकपा एकिकृत समाजवादी पार्टीले भोटखोला गाउँपालिकाको अध्यक्ष पाएको छ ।

चैनपुर र खादबारी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । पाँचखपन उपप्रमुख र सभापोखरी गाउँपालिका उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीले पाएका छन् । माओवादी र नेकपा एकिकृत समाजवादीले पाएको पालिकाको उपप्रमुख नेपाली काङ्ग्रेसले पाएको छ ।

मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा भने बेग्लाबेग्लै प्रतिस्पर्धा गर्ने गठबन्धनमा रहेका दलहरुले निर्णय गरेका छन् ।


क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545