कन्या बहुमुखी एलुम्नाई गठन अध्यक्षमा लोचना शर्मा

काठमाडौं । डिल्लिबजार कन्या बहुमुखी क्याम्पस, काठमाडौंमा हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको एक सम्मेलनले डिल्लिबजार कन्या बहुमुखी क्याम्पस एलुम्नाई एसोसिएसन गठन गरेको छ ।
शनिबार सोही क्याम्पसमा सम्पन्न प्रथम सम्मेलनले सोही क्याम्पसकी पूर्व विद्यार्थी रादिका चम्लागाईँ (लोचना शर्मा)लाई संस्थापक अध्यक्षमा सर्वसम्मतिले चयन गरेको गरेको छ । शिक्षा शास्त्र संकाय अन्तर्गत २०७० सालको व्याचबाट पास आउट शर्मा जापानबाट डिज्यास्टर म्यानेजमेन्टको कोर्ष गर्ने पहिलो नेपाली व्याच, कानुनको समेत विद्यार्थी र मनोपरामर्शदाता पनि हुन् ।
एसोसिएसनको उपाध्यक्ष ममता खतिवडा, सचिव सरिता अधिकारी, कोषाध्यक्ष सीता आचार्य (शीतल) रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमशः सपना फुयाँल, आरती रेग्मी, रीमा उप्रेती, गीता पुरी, उपासना पौथाके,ज्ञानुका कार्की, सुनिता तिवारी रहनु भएको छ ।
एसोसिएसनको सल्लाहकार समितिमा ठगुना राई, अर्चना पाण्डे, लीना शर्मा रेग्मी र अनु भट्टराई रहनु भएको छ ।
एसोसिएसनले सो क्याम्पसबाट अध्ययन पूरा गरी विश्वका विभिन्न स्थानमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको सक्रियतामा सामाजिक सेवाका कार्यहरु गर्ने लक्ष लिइएको अध्यक्ष शर्माले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कन्या बहुमुखी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्