Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रहरीबाटै अनुशासन उल्लंघन : ‘युनिफर्म’ दुरुपयोग गर्ने असई झालाइ कसको संरक्षण ?


काठमाडौं । नेपाल प्रहरीमा प्रहरी पोशाकको दुरुपयोग हुने क्रम रोकिएको छैनन् । प्रहरी आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत प्रहरी पोशाक लगाएको फोटो तथा भिडियोहरु फेसबुक, ट्विटर तथा टिकटकमा भेटिन थालेपछि प्रहरी प्रधान कार्यालयले उक्त सामाग्री भए तत्काल हटाउन निर्देशन दिएपनि त्यसको अझै पालना भएको छैनन् ।

२०७७ असोज २२ गते (बिहिबार) नेपाल प्रहरीले प्रयोग गर्ने प्रहरी पोशाकको जथाभावी दुरुपयोग हुन थालेपछि प्रहरी प्रधान कार्यालयले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । नेपाल प्रहरीका तत्कालीन प्रहरी प्रवक्ता (एसएसपी) कुबेर कडायतद्वारा जारी प्रेस बिज्ञप्तीमा विभिन्न चलचित्र, टेलिचलचित्र, प्रान्क भिडियो, सांगातिक भिडियो, टिकटक, सर्ट मुभिज, टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा प्रहरी पोशाक प्रयोग हुन गएकोमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र भिडियो तथा सामाग्रीहरु अपलोड भए तत्काल हटाउन समेत अपिल गरेको थियो ।

हेर्नुहोस : प्रहरी मुख्यालयको बिज्ञप्ती

तर, प्रहरी प्रधान कार्यालयले यसरी विज्ञप्ती निकालेको १८ महिना बितिसक्दा समेत सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरुपयोग हुने क्रम भने रोकिएको छैन । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने नेपाल प्रहरी यतिबेला पोसाक लगाएको फोटो फेसबुकमा अपलोड गरेर रमिता देखाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कायारर्त असई रमेश कुमार झाले प्रहरी आचारसंहिताबिपरित विभिन्न पोजमा बर्दी लगाएको फोटो आफ्नो फेसबुकमा अपलोड गरेका छन् । ड्युटीमा खटिएको समयमा उनलेे फोटो खिची फेसबुकमा अपलोड गर्न नपाइने नियमको समेत धज्जी उडाएका छन् ।

पोज पोजमा फोटो पोस्ट गरेको उनको फेसबुकमा अझै स्पष्ट देख्न सकिन्छ । प्रहरी मुख्यालयको निर्देशन एवं परिपत्रलाई समेत उनलेे रद्दीको टोकरीमा फालिरहदा उसलाई कार्वाही गर्ने वा स्पष्टीकरण सोध्नेसम्मको आँट प्रहरी मुख्यालयको छैनन् ।

यस अघि आज (मंगलबार) बिहान मात्रै एउटा प्रकाशित समाचारको बिषयलाई लिएर उनलेे पत्रकारिताको पाठ सिकाएका थिए । संगठनको आदेशलाई एउटा असईले चुनौती दिएर प्रहरी पोशाकमै सामाजिक सञ्जालमा अपलोड गरेको भए पनि बाराका प्रहरी प्रमुख भने कानमा तेल हालेर बसेका छन् । बारामा कायारर्त असई झा त एक प्रतिनिधि पात्र मात्रै हुन् । यसरी केही प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादाको धज्जी मात्र उडाएको छैनन् कि सिङ्गो प्रहरी संगठनको नै बेइज्जत गरिरहेको देखिन्छ । हरेक महिना जसो एक-दुई जना प्रहरीहरू कारबाहीमा पर्दै आएको प्रहरीको तथ्यांकमा छ ।

प्रहरी ऐन २०१२ मा पनि प्रहरीले आफ्नो जिम्मा रहेको बर्दी लगायतका उपकरण दुरुपयोग गर्न नहुने उल्लेख छ । यता, प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्ने भने बन्देज लगाइएको छैनन् ।

हेर्नुहोस प्रहरी ऐन २०१२ 

बर्दी लगाएको फोटो फेसबुकमा राखे कार्वाही हुन्छ : प्रवक्ता केसी

यता, नेपाल प्रहरीका प्रहरी प्रवक्ता बिष्णुकुमार केसीले ड्युटीमा खटिएको समयमा बर्दी लगाइ फोटो खिच्ने र फेसबुकमा रंगाउने काम नगर्न प्रहरी कर्मचारीलाई सुझाव दिएका छन् । उनलेे आफ्ना संगठनभित्र रहेका प्रहरी कर्मचारीले आचारसंहिता बिपरित फेसबुकमा प्रहरी पोशाक लगाएको फोटो राखेको पाइए कारबाही गर्ने र सो, कार्यलाइ समेत पछिल्लो समय तीव्र पारिएको बताउँदै एसएसपी केसीले पोशाक दुरुपयोग गर्ने सर्वसाधारणलाई पनि यत्तिकै नछाडिने बताएका हुन् ।

एसपी केसीले भने, ‘‘प्रहरी पोशाक र प्रहरीले प्रयोग गर्ने अरू सामग्री दुरुपयोग नगर्न पटक पटक सचेत गराउँदै आएका थियौं । अटेर गर्दै फेसबुकमा पोस्ट गर्ने काम भइरहेको छ । सूक्ष्म तरिकाले सबै कर्मचारी निगरानी गर्दै छौँ , कारबाही नगरी त्यत्तिकै छाड्दैनौँ ।’’

ड्युटीको समयमा बर्दी तथा हतियार सहित टिकटक भिडियो बनाउने तथा फेसबुकमा फोटो पोस्ट गर्ने धेरै प्रहरी कर्मचारीहरू कारबाहीमा परिसकेको बताउँदै उनलेे सर्वसाधारणलाई समेत कार्वाही हुने बताएका हुन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545