टोखा नगरपालिकाको विकास निर्माणमा महत्वपूर्ण भूमिका छ : मेयर अधिकारी

काठमाडौं । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो नगरपालिकाको विकास निर्माणमा महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।
उनले आफू नगरपालिकाको मेयरमा निर्वाचित भएको समयदेखि हालसम्म सबै वडाहरुमा विभिन्न विकास निर्माणका कार्य गरेको बताए । उक्त नगरपालिकाको वडा नम्बर ९ ले वडा स्मारीका प्रकाशन लागेकोमा शुभकामना व्यक्त गर्दै मेयर अधिकारीले यस्तो बताएका हुन् ।
उनले आफ्नो ४ वर्ष पूरा भई ५ वर्षको कार्यकालमा संघ र प्रदेशले तय गरेको नीति तथा कार्यक्रम समेतलाई साकार पार्न यस टोखा नगरपालिकाले तय गरेको नीति तथा कार्यक्रमको परिधि भित्र रही ऐतिहासिक सांस्कृतिक पर्यटकिय समृद्ध टोखा नगर निर्माणको सोचलाई आत्मसात गर्दै दिगो विकासको अवधारणालाई अघि सारी सबै क्षेत्र, वर्ग समुदायको माग र आवशयकतालाई विशेष प्रधानतामा राखी समग्र टोखा निर्माणको अभियानमा अझै जुटिरहेको बताए ।
यस्तो छ मेयर अधिकारीको भनाई
अमर सहिदहरुको बलिदान नेपाली जनताको योगदान संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीयता कार्यान्वयनसँगै भएको स्थानीय तहको प्रथम ऐतिहासिक निर्वाचनबाट लामो समय रिक्त रहेको स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी सुम्पेको ४ वर्ष पूरा भई ५ वर्षको दौडानमा हामी यात्रारत छौँ ।
संघ र प्रदेशले तय गरेको नीति तथा कार्यक्रम समेतलाई साकार पार्न यस टोखा नगरपालिकाले तय गरेको नीति तथा कार्यक्रमको परिधि भित्र रही ऐतिहासिक सांस्कृतिक पर्यटकिय समृद्ध टोखा नगर निर्माणको सोचलाई आत्मसात गर्दै दिगो विकासको अवधारणालाई अघि सारी सबै क्षेत्र, वर्ग समुदायको माग र आवशयकतालाई विशेष प्रधानतामा राखी समग्र टोखा निर्माणको अभियानमा हामी जुटिरहेका छौँ ।
जननिर्वाचित पदाधिकारीहरुको यो ५ वर्षको दौरानमा विकासका महत्वपूर्ण पूर्वाधारहरु सम्पन्न गरी स्थानीय तहलाई संवैधानिक सरकारको हैसियत प्रदान गरेसँगै कानूनले दिएको अधिकारहरु पूर्णरुपमा कार्यान्वयन गर्दै नगरवासीको भरोसाको केन्द्रको रुपमा रुपान्तरण गरेका छौँ ।
कोभिड–१९ महामारीसँग सहज रुपमा मुकाविला गर्न हामीले खेलेको भूमिका सबैका लागि शिक्षाप्रंद रह्यो । समृद्ध नगर निर्माण नै हाम्रो प्रमुख लक्ष्य रहेको छ । नगरवासीलाई सरल तथा सहज र सुविधाजनक एवं पारदर्शी ढंगबाट सेवा प्रदान र प्रवाहको प्रत्याभूति गर्दै जनमुखी लोकतन्त्रलाई सुदृढ गर्दै कुशल प्रशासन सञ्चालनमा हामी अगाडि बढेका छौँ ।
नगरवासीले स्थानीय तहको पहिलो निर्वाचनमार्फत प्रदान गरेको जनमत कदर गर्दै उपलब्ध स्रोत साधनहरुको अधिकतम् उपयोग गरी नगरवासीको हक हित र विकास निर्माण कार्यमा अहोरात्र क्रियासील छौँ ।
यस टोखा नगरपालिका वडा नम्बर ९ कार्यालयद्वारा जनप्रतिनिधी बहालसँगै भएको विकास निर्माणलगायत विविध गतिविधिसहितको अध्ययन योग्य सामग्रीसहितको पुस्तकारको रुपमा स्मारीका प्रकाशन गर्न लागेको खबर पाउँदा ज्यादै खुशी लागेको छ ।
९ नम्बर वडा कार्यालयले यस प्रकारको रचनात्मक कार्यले भावी सन्तती अझ भनौँ जनताले चुनेर पठाउने भावी नेतृत्वका लागि यो बहुउपयोगी मार्गदर्शक एवं मार्गनिर्देश गर्ने समग्रीका रुपमा स्मारिका सफल हुनेछ । प्रकाशन गर्न लागेको यस पुस्तक टोखा नगरपालिका र अरु सबै वडा कार्यालयका लागि प्रेरणाको स्रोत बन्ने छ ।
स्मारिका प्रकाशन गर्ने परिकल्पना साधना र प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबैमा कुतार्थ आभार व्यक्त गर्दै ९ नम्बर वडा कार्यालयका वडाध्यक्ष ज्यु, वडा सदस्य ज्यु र कर्मचारीहरु सबैलाई विशेष धन्यवादसहित सुभकामना व्यक्त गर्दछु ।
प्रकाश अधिकारी
नगर प्रमुख
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #टोखा नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्