Techie IT
सोमबार, वैशाख ८,२०८२

भण्डाराबाट लागुऔषध सहित एक जना पक्राउ


चितवन । चितवनको भण्डाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले हेटौंडा उपमहानगरपालिका १९ बस्ने ३८ वर्षका ज्ञानबहादुर स्याङ्बोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका स्याङ्बोको साथबाट प्रहरीले डाइजेपाम १०० एम्पुल, ब्युप्रिनर्फिन १०० एम्पुल र फेनारगन १०० एम्पुल फेला पारेको थियो । प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले शंकास्पद अवस्थामा हिंडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनीविरुद्ध लागू औषध ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई ईलाका प्रहरी कार्यालय खैरहनीबाट अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545