Techie IT
बिहीबार, माघ ३,२०८१

सरकारले छ्याङ्गकुटी–दिदिङ खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराउने

पुर्व राज्यमन्त्री दिपक खड्काको विशेष पहलमा छुट मुआब्जा उपलब्ध गराउने निर्णय ।


खाँदबारी – संखुवासभाको अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ कि.मी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराउने भएको छ ।

नेपाली काँग्रेस संखुवासभाका सभापति एवम् पूर्व खानेपानी तथा सरसफाईमन्त्री दिपक खड्काको विशेष पहलमा छुट मुआब्जा उपलब्ध गराउने निर्णय गरेको हो । उक्त निर्णय बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको हो ।

मुआब्जाका लागि पटक–पटक संघर्ष गर्दै आएका स्थानी वासिन्दाको लामो दबाब र आन्दोलनपछि सरकारले मुआब्जा दिने निर्णय गरेको काङ्ग्रेस सङ्खुवासभाका सभापति दिपक खड्काले जानकारी दिनुभयो । उँहाका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीयवासीन्दालाई मुआब्जा दिन निर्देशन दिएको हो ।

यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएको भन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गा प्राप्ती ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय संखुवासभालाई निर्देशन दिने निर्णय गरेको हो ।

जिल्लाको छ्याङ्कुटीदेखि पुखुवा पावर हाउससम्मको सडक खण्डको मुआब्जाको माग गर्दै स्थानीबासीन्दा लामो समय देखी आन्दोलनरत थिए । अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा पीडित संघर्ष समितिका सल्लाहकार सुजन खालिङले सरकारको निर्णयले सबै पीडितलाई राहत मिलेको बताउनुभयो ।

अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा पीडित संघर्ष समितिका संयोजक जनीकुमार राईले सैद्धान्तिक निर्णय भएको र अब व्यवहारिक रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो । हामीले उठाएका माग संवोधन भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय संखुवासभामा प्रमुख जिल्ला अधिकारीसंगको छलफल पछि आन्दोलनका कार्यक्रम स्थगित गरीने उहाँको भनाई थियो ।

छ्याङकुटी–दिदीङ सडक खण्डमा चारसय घरधुरीको ५ सय २४ रोपनी घर जग्गा टहरा लगायतको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै उनीहरुले आन्दोलन गर्दे आएका थिए । आन्दोलनका कारण अरुण तेस्रो जदविद्युत आयोजनाको काम प्रभावित बनेको थियो ।

 

 


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #अरुण तेस्रो, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:54 am5:32 pm +0545