Techie IT
शनिबार, वैशाख ६,२०८२

खाँदबारी कप भलिबल प्रतियोगिताको उपाधि १ नम्बर वडालाई


संखुवासभा – खाँदबारी कपकाे उपाधि खाँदबारी १ नम्बर वडाले जितेकाे छ । मङ्गलबार भएकाे फाईनल खेलमा ९ नम्बर वडालाई हराउँदै १ नम्बर वडाले उपाधि जितेकाे हाे । खाँदबारी युथ क्लबकाे अायाेजनामा सम्पन्न वडास्तरीय खाँदबारी कप भलिवलमा १० टिम सहभागी थिए । प्रतियाेगितामा ७ नम्बर वडा तेसाे भयाे । खाँदबारी युथ क्लबले मृत्यु भएका पुराना खेलाडीकाे स्मृतिमा खाँदबारी कप आयाेजना गरेकाे क्लवका खेल संयोजक उल्लास बिसुन्खेले बताउनुभयो ।  प्रतियाेगितामा १ लर्जन बढि पुराना खेलाडीलाई सम्मान गरिएकाे छ । उत्कृष्ट खेलाडी १ नम्बर वडाका प्रदिप कट्टेल, बेस्ट डिफेन्स खादबारी ९ का प्रविन तामाङ, वेष्ट स्पाईकर ९ नवीन वस्नेत, वेष्ट ब्लकर खादबारी १ का भवानी बार्हकाेटीर वेष्ट सेटर खादबारी ९ का केशब राई, बेष्ट सर्भर खादबारी १ का दिलबहादुर कट्टेल घाेसित भए ।

विजयी टिमले नगद ८० हजार, उपविजेताले ५० हजार र तेस्राे हुनेले २५ हजार पुरस्कार पाएका छन् ।


क्याटेगोरी : खेलकुद, विशेष, समाचार
ट्याग : #hot, #खांदबारी युथ क्लब संखुवासभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545