Techie IT
सोमबार, वैशाख ८,२०८२

बालयौन दुब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


चितवन । आफ्नै विद्यार्थीलाइ यौन दुब्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक जना शिक्षकलाइ पक्राउ गरेको छ ।

पश्चिम् चितवनको माडी नगरपालिका वडा नंम्बर १ बरुवास्थित सोमेश्वर उच्च माविको कक्षा ९ मा अध्ययनरत १५ वर्षकी नाबालिकालाई यौन दुब्यवहार गरेको आरोपमा सोही स्कुलका ३७ बर्षिया शिक्षक सुरज लामिछानेलाइ प्रहरीले पक्राउ गरेको हो । लामिछाने माडी नगरपालिका ५ का स्थानीय हुन् ।

उनलाई पीडित बालिकाको आफन्तले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा हिजो चैत ६ गते (आइतबार) लिखित जाहेरी दिएपछि प्रहरीले उनलाई हिजो नै पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । पक्राउ परेका शिक्षक लामिछानेविरुद्ध बाल यौनदुराचार कसुर अन्तर्गत मुद्दामा थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545