रेखा थापाको चरीत्र हत्या गरेको आरोप लागेका शर्मिला वाइबा खैरहनीबाट पक्राउ

चितवन । नायिका रेखा थापाको चरित्रहत्या गरेको आरोप लागेका शर्मिला वाइबालाइ चितवन प्रहरीले पक्राउ गरेको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार वाइबाको केही दिनदेखि मोबाईल अफ थियो । लोकेशन चितवन नै देखाएपछि टाँडी प्रहरी र खैरहनी प्रहरी उनको खोजीमा जुटेको थियो । तर, अनुहार छोपी नचिन्ने अवस्थामा हिंडेका उनलाई हिजो साँझ प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
स्रोतले भन्यो, उनले होली खेलेको घर खोज्दै जाँदा समेत फेला परेको थिएनन्, तर उनी आफैं साँझ एउटा घट्नाका बिषयमा ईलाका प्रहरी कार्यालय खैरहनी जाँदा त्यहीँबाटै उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकी उनलाई थप आवश्यक कार्वाहीको लागी हिजो राती नै प्रहरीले केन्द्रिय साइबर ब्यूरोमा पठाइएको चितवन प्रहरीले जनाएको छ ।
नायिका रेखा थापाले पल शाह प्रकरणमा नाबालिग गायिकाको समर्थनमा स्टाटस लेखेपछि सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेर वाइबा फरार रहदै आएकी थिइन् । वाइबाविरुद्ध थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएपछि फरार रहदै आएकी उनलाई चितवन प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्