संखुवासभामा भएको दुर्घटना अपडेट : बस दुर्घटनाका घाईते ५ जना लाई हेलिकप्टरबाट धरान लगियो
दशजनाको सनाखत

संखुुवासभाको मादीमा भएको बस दुर्घटनाका घाईते ५ जना सेनाको हेलिकप्टरबाट थप उपचारका लागि बिहिबार दिँउसो धरान लगिएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुबेदीले बताए । घाईते मध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवश्था गम्भिर छ । सुवास गोले, तुलसा कटुवाल, अम्बिका विक खतरामुक्त भएपनि थप उपचारका लागि उनीहरुलाई पनि धरान लगिएको छ ।
मादीमा भएको बस दुर्घटनाका मृतक मध्ये १० जनाको सनाखत भएको छ । मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुड्ड स्थित सात घुम्तिमा बिहीबार दुर्घटना हुदाँ १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा मादीकी अञ्जना कटुवाल, दीपक दाहाल, ईन्द्रबहादुर अधिकारी, आईतबहादुर तामाड्ड, सविता राउत, श्याम शेर्पा, भवानी दाहाल, दिक्षा कटुवाल, चालक विपीन निरौला,सहचालक उमेर भट्टराई रहेको प्रहरीले जनाएको छ । १ जना पुरुष २ महिला र १ जना बालकको पहिचान भने खुलेको छैन ।
स्थानीयले बसमा कम्तिमा २१ जना यात्रु रहेको अनुमान गरेका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #बस दुर्घटना अपडेट, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्