Techie IT
सोमबार, वैशाख ८,२०८२

नक्कली दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ


चितवन । नक्कली दस्तखत गरी ठगी गरेर फरार रहेका दुई जनालाइ टाँडी प्रहरीले पक्राउ गरेको छ ।

पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ सौराहा चोकमा रहेको न्यू लक्ष्मी इन्टरप्राइजेजबाट ४ लाख ६८ हजार ४३५ रुपैयाँ बराबरको रड खरिद गरे बापत अरूकै नाममा रहेको चेकमा नक्कली दस्तखत गरी ठगी गरेर फरार रहेका दुई जनालाइ ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीको टोलीले हिजो (बुधबार) कालिका नगरपालिका वडा नंम्बर १ लंकालाइनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कालिका नगरपालिका वडा नंम्बर १ बस्ने ३६ बर्षिया उज्जवल कुँवर र मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नंम्बर ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदीप कार्की रहेका छन् । उनीहरुले पसल सञ्चालक कृष्णप्रसाद तिवारीसँग २०७८ माघ १४ गते प्रभाकर भन्ने सुदीप कार्की समेतले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेकाहरु उपर ठगी मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुलाइ अहिले ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545