Techie IT
सोमबार, वैशाख ८,२०८२

मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ


चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाइ पक्राउ गरी सार्वजनिक गरेको छ ।

कालिका नगरपालिका वडा नंम्बर ०५ स्थित खगेरी पुल नजिक पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा कालिका नगरपालीका वडा नंम्बर ०५ पदमपुर बस्ने अन्दाजी १८ बर्षीया बरुण महत्तो, २६ बर्षीया मनोज दमै र कालिका नगरपालिका ७ बस्ने ३३ बर्षीया कान्जालाल भन्ने बाङदोर्जे लामा रहेका छन् ।

वनभोज खान आएका उनीहरुले ग. ७. प. ८०७९ नंम्बरको डिस्कभर मोटरसाईकल र कालिका नगरपालिका वडा नंम्बर ०१ हरीयाली टोल बस्ने ३६ बर्षीया राजन लोप्चनको नाममा रहेको ना. ४०. प. ८८९७ नंम्बरको होण्डा कम्पनीको स्कुटर चोरी गरेका थिए ।

पक्राउ परेकाहरुउपर सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

शिशुको हत्यामा संलग्न एक जना पक्राउ ।

यता, चितवन प्रहरीले नवजात शिशुको हत्यामा संलग्न रहेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नंम्बर १० टुडीखेलमा सालनाल सहितको बालक मृत अवस्थामा फेला परेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले अनुसन्धान गर्ने क्रममा सोही ठाउँ बस्ने २१ बर्षिया मन्जु चेपाङलाइ पक्राउ गरेको हो ।

पक्राउ परेकी उनले शिशुलाइ जन्म दिई मारेर फालेको प्रहरीले जनाएको छ । उनलाई कर्तब्य ज्यान मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545