Techie IT
सोमबार, वैशाख ८,२०८२

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


चितवन । जवरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित स्याड्जा जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्धामा ४ बर्ष कैद सजाय तोकि फरार रहदै आएका स्याङजा भिरकोट नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीया बिवेक अधिकारीलाई चितवन प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

अदालतको फैसला आए संगै झन्डै तीन बर्षदेखि फरार रहदै आएका उनलाई चितवन प्रहरीको विशेष सक्रियतामा आज (सोमबार) भरतपुरबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनलाई आजै (सोमबार) सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएकोमा फैसला कार्यान्वयन अन्तर्गत चितवन जिल्ला अदालतले थप सजाय भुक्तानीका लागी भरतपुर कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

चितवनमा (एसपी) अधिकारीले जिल्लाको नेतृत्व सम्हालेपछि फरार प्रतिवादी खोजतलासलाइ तीव्र बनाएका छन् । सोही अभियान अन्तर्गत प्रहरीले विभिन्न कसुरमा फरार रहदै आएका प्रतिवादीहरुलाइ समेत पछिल्लो समय कानुनी कठघरामा उभ्याउँदै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545