Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा ६ केजी गाँजासहित एक जना पक्राउ


चितवन । चितवनको भण्डाराबाट प्रहरीले अवैध लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी निरीक्षक राजीव गिरीको टोलीले आज (शनिबार) बिहान १० बजेको समयमा अन्दाजी ६ किलो गाँजा सहित राप्ती नगरपालिका ११ बेलडाँडा बस्ने २६ बर्षिया गंगालाल चेपाङलाइ पक्राउ गरेको हो ।

राप्ती नगरपालिका वर्डा नम्बर ५ चौकीडाँडामा शंकास्पद अवस्थामा पैदल हिंडिरहेका उनलाई प्रहरीको गस्ती टोलीले खानतलासी गर्दा उनको साथबाट गाँजा फेला परेको थियो ।

पक्राउ परेका चेपाङलाई अहिले ईलाका प्रहरी कार्यालय भण्डाराले आफ्नो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

उनलाइ आवश्यक कार्वाहीको लागी भोली आइतबार ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइने र मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यलाइ अघि बढाइने प्रहरी प्रमुख अधिकारीले बताए ।

पछिल्लो समय चितवन प्रहरीले गाँजा ओसारपसार तथा सेवन गर्ने विरुद्ध सुक्ष्म तरिकाले निगरानी समेत गरिरहेको (एसपी) अधिकारी बताउँछन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545