हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ शिबिर संञ्चालन
हेल्पिङ हेण्ड्स पोलिक्लिनिक चैनपुरको आयाेजना तथा शहरि स्वास्थ्य सेवा केन्द्र मादी १ चाैकिकाे संयाेजनमा संखुवासभाकाे मादी १ चाैकिमा निशुल्क स्वास्थ्य शिविरकाे आयाेजना गरिएकाे छ।
उक्त शिबिरमा निशुल्क रुपमा दन्त सेवा, भिडियाे एक्सरे सेवा,
जेनेरल चेक अप, निशुल्क चस्मा र औषधि बितरण गरिनुका साथै जुराफ माक्स सेनेटाईजर समेत बितरण गरिएकाे थियाे ।
शिबिरमा डाक्टर अर्जुन सुवाल, डेण्टल डाक्टर बिद्या उदास, डाक्टर अनिस बर्देवाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
उक्त शिबिरबाट जिल्लाकाे दुर्गम क्षेत्र मानिने धर्मदेबि गाउँपालिका र मादी वडा नं १ र २ का १ सय ४८ जना प्रत्यक्ष लाभान्वित भएका थिए । कार्यक्रममा हेल्पिङ हेन्ड्सका अध्यक्ष नारायण श्रेष्ठकाे समेत उपस्थिति रहेकाे थियाे ।
शिबिरबाट दुर्गम क्षेत्रका बासिन्दाहरुलाई प्रत्यक्ष सेवा पुगेकाे भन्दै उनले शिबिरमा खटिएका चिकित्सक टाेली र सहयाेगि सबैलाई धन्यबाद प्रकट गरेका थिए ।
उनले आगामि दिनमा समेत जिल्लामा यस किसिमका शिबिर संञ्चालनका लागि आफुले जाेड दिने प्रतिबद्धता जनाए ।
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : #नारायण श्रेष्ठ, #संखुवासभा, #हेल्पिङ ह्याण्ड्स पोलिक्लिनिक चैनपुर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्