माधवकुमार नेपाल सहित १४ सांसदलाई कारबाही गर्न देउवा तयार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।
प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् ।
‘तपाईंले गरेको निर्णयलाई निर्णयार्थ पेश गरेको छु, यसमा मद्दत माग्ने कुरा स्वाभाविक हो, तपाईको मद्दतका लागि संसदमा आएर मत जाहेर गर्नका लागि सजिलो बनाउन हामीले गर्न सक्ने सबै प्रबन्धमा छलफल गरौं, एकै ठाउँमा उभिएर यो विषय अगाडि बढाऔं’ देउवाले ओलीसँग गरेको प्रस्तावबारे कांग्रेस महामन्त्री गगन थापाले भने ।
उनका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुन: कुराकानी गर्ने जवाफ दिएका छन् । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बिहीबार साँझ पुन छलफल हुने थापाले बताए ।
२३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले राखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्