Techie IT
आईतबार, वैशाख ७,२०८२

एसपी अधिकारीको पहिलो सफलता : करोडौं मुल्य बराबरको अवैध सामाग्री सहित ट्रक चालक पक्राउ


चितवन । चितवन प्रहरीले करोडौं मुल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज हुँदै चितवनतर्फ आउँदै गरेको चार वटा ट्रकबाट अन्दाजी २ करोड रुपैयाँ भन्दा बढीका अवैध सामाग्री बरामद गरेको हो ।

चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) नवराज अधिकारीका अनुसार चार वटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी गरिएको भन्ने  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनी चितवनबाट खटिएको प्रहरी निरीक्षक सुवास भट्टको कमान्डको टोलीले ना ६ ग ११३, ना ६ ग ११६६, ना ६ ग ५०६१ र ना ७ ह ९२३४ नम्बरको ट्रकबाट ८६ वटा पोकामा रहेका लत्ताकपडाका बरामद गरेको हो ।

स्रोतअनुसार ती गाडीहरु तस्करको बादसाह भनेर चिनिने मदन कुमार गुप्ता समुहको रहेको छ । मंगलबार पनि राजश्व अनुसन्धान विभागले गुप्ताले तस्करी गरेर ल्याएको ट्रक नियन्त्रणमा लिएको थियो । भन्सार छली गरी ल्याइएका चोरीपैठारीका बिलबिजक नभएको सामाग्रीको थप अनुसन्धान गर्ने कार्य भइरहेको एसपी अधिकारीले बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545