Techie IT
बुधबार, माघ २,२०८१

माधव नेपालले जनतामाथि ठूलो घात गरे : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले  संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ ।

उहाँले खासगरी आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दोषि भन्नुभएको छ । उहाँले माधवकुमार नेपालले जनतामाथि ठूलो घात गरेको गुनासो गर्नुभयो ।

संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उहाँको भनाइ छ।

एमसीसी संसदमा टेबल गर्ने सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा ? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।

आज एमसीसी सम्झौता नेपालको संसदमा टेबल भएको छ । अब यो निर्णायर्थ प्रस्तुत हुनका लागि संसदमा प्रक्रिया चल्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545