Techie IT
शनिबार, वैशाख ६,२०८२

आज प्रतिनिधि सभाको बैठक , एमसीसी कार्यसूचीमा परेन


प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी परेको छैन । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545