काँग्रेस संखुवासभाले जिल्लाका ७६ वटै वडामा संगठन निर्माण एवं प्रशिक्षण गर्ने (फोटोफिचार)

खाँदबारी, (संखुवासभा) ४ फागुन- नेपाली काँग्रेसले जिल्लाभरका ७६ वटै वडामा संगठन निर्माण एवम् प्रशिक्षण गर्ने भएको छ ।
पार्टी सभापति दिपक खड्काको सभापतित्वमा आज जिल्ला सदरमुकाम खाँदबारीमा बसेको पार्टीको बैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमिति संखुवासभाले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले पार्टीको विस २०७८ मंसीर २ देखि पुस २७ गतेसम्म गरेका निर्णयलाई अनुमोदन गरेको छ । पार्टीले तोकेका प्रतिनिधीले जिम्मेवारी पूर्वक कार्ययोजना र पार्टीका गतिबिधीका बारेमा कार्यकर्ताले गलत गरेको पाईएमा आवश्यक कारबाही अगाडि बढाउने निर्णय समेत गरेको छ ।
बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई प्रभावकारी बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई परिचालन गर्ने र निर्वाचनमा सबै एकजुटका साथ प्रस्तुत हुने र पार्टी हितविपरीत काम गरेमा विधान बमोजिम आवश्यक कारबाही गर्ने निर्णय गरेको सभापति खड्काले जानकारी दिनुभयो ।
यस्तै, आजको बैठकले पार्टीका उपसभापति रामकुमार जिमीको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । समितिको सदस्यमा चित्ररेखा अधिकारी र विपीन राई सदस्य हुनुहुन्छ । उक्त बैठकले पार्टी उपसभापति जिमीका माईला सुपुत्र मणिन्द्र जिमीको निधनमा शोक प्रश्ताब समेत पारित गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्