Techie IT
शनिबार, वैशाख ६,२०८२

यथास्थितिमै एमसीसी पारित भए माओवादी सरकारबाट बाहिरिन्छ : प्रचण्ड


फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) टेबल भए आफूहरू सरकारबाट बाहिरिने अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यथास्थितिमै एमसीसी संस्दमा पेस गरिए माओवादीले त्यसलाई समर्थन गर्न नसक्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । बर्तमान सत्तागठबन्धनमा नेकपा माओवादी कांग्रेसपछिको ठूलो सत्तासाझेदार दल हो । माओवादीले सरकार छोड्दा सरकार पनि अल्पमतमा पर्ने देखिएको छ ।

शनिबार एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा अध्यक्ष दाहालले संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिक रूपमा नमिल्ने स्पष्ट पारेका हुन् । ‘परिमार्जन र संशोधनबिना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ,’ दाहालले अन्र्वार्तामा भनेका छन्, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिक रूपले मिल्दैन ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545