Techie IT
आईतबार, वैशाख ७,२०८२

बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु


प्यूठान- प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन्।

मृतक कसैको पनि पहिचान नखुलेको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार बेहुलासहित ६ जना घाइतेको उपचार भइरहेको छ।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।


क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545