Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्रीको सम्बोधन लगत्तै बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक, के होला ?


काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गरेलगत्तै सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक शुक्रबार साँझ सुरु भएको हो ।

बैठकमा स्थानीय निर्वाचन, संसद्‍ अवरुद्धलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा समितिका प्रमुख काँग्रेस नेता रामचन्द्र पौडेलसहित प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545