Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन प्रहरीको सफलता : भीडभाडको मौका छोपी चोरी गर्ने सात जना पक्राउ


चितवन । चितवन प्रहरीले विभिन्न मेला महोत्सव तथा भीडभाडको मौका छोपी चोरी गरेको आरोपमा सात जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा १८ वर्षिया नितु देवी, आरोहि भारती, २० वर्षिया अतिम्मा देवी, २५ वर्षिया प्रियाङका देवी, पायल देवी रहेकी छिन् । उनीहरु सबै भारतको गोरखपुरका हुन् ।

उनीहरुले गएको माघ १ गते दिउँसो साँढे १२ बजे नारायणगढको शहिदचोकमा सामान किनमेल गरिरहेका भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने बसन्त गिरी र सिता गिरीको झोलमा रहेको ६ हजार रुपैयाँ नगद सहित ९४ हजार बराबरको दुईवटा औंठी चोरी गरेका थिए । गिरी दम्पतिलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउने जस्ता कृयाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।

चोरी भएको सूचना प्राप्त भएलगत्तै खोजतलासमा जुटेको प्रहरीको टोलीले भारतीय मुलका महिलाहरुलाई खानतलासी गर्दा चोरी भएको सामान फेला पारेको हो । पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

उनीहरुमाथि अनुसन्धान भइरहेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुर बस्ने ७४ बर्षिया चन्द्र माया श्रेष्ठले समेत सात जना महिला मिली विभिन्न बहाना बनाई दुइ लाख रुपैयाँ पर्ने सुनको सिक्री चोरी गरेको भनी किटानी जाहेरी दिएकी छिन् ।

यता, प्रहरीले भीडभाडस्थलमा चोरीका घट्ना बढेको भन्दै सतर्क हुन सर्वसाधारणलाइ अपिल गरेको छ । प्रहरीले भिडभाडस्थल तथा सवारीसाधनमा अस्वभाविक प्रकृतिका मानिसहरु देखिए वा शंका लागे त्यस्को तत्कालै नजीकैको प्रहरी कार्यालयमा गइ सूचना दिन समेत आव्हान गरेको छ । प्रहरीले बढ्दो चोरी र अपराधीक गतिविधिलाइ ध्यान दिदै आफु संग केही सूचना भए वा शंकास्पद ब्यक्ति कोही देखिए तत्कालै नजीकैको प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545