Techie IT
मंगलबार, वैशाख ९,२०८२

काठमाडौंका सबै स्थानीय तहमा आइतबारबाट राष्ट्रिय परिचयपत्र बितरण हुने


काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रिय परिचयपत्र लिन काठमाडौंमा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले जानकारी दिए ।

राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत ठाउँमा ठूलो भीड लाग्ने गरेको थियो ।

 

काठमाडौं आउने नागरिकको हित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय परिचयपत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545