Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरका समाजवादी जिल्ला कमिटि सदस्य देवकोटा एमाले प्रवेश

करिव ३०० जना बिभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रबेश


काठमाडौं । नेकपा समाजवादीका जिल्ला सदस्य रामेश्वर देवकोटा ने.क.पा एमालेमा प्रवेश गर्नुभएको छ ।

 

शुक्रबार एमाले काठमाडौं जिल्ला अधिवेशनको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ३ जितुपुरफेदी निवासी पुराना एमाले नेता समेत रहेका देवकोटा एमालेमा फर्कनुभएको हो ।

 

केही नेताका कुण्ठा स्वार्थले पार्टी फुटाएर समाजवादी बनाएको र त्यसमा कुनै भविष्य नरहेको कारण आफुपुन मूलघर एमालेमा फर्कीएको देवकोटाको भनाई छ ।

जिल्ला अधिवेशनको भब्य समारोहबिच एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खादाँ र माला लगायर उहाँलाई सम्मान गर्नुभएको छ ।

 

जिल्ला अधिवेशनको अवसरमा आज काठमाडौका बिभिन्न नगरपालिकाबाट करिव ३०० जना बिभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545