शृङ्खलाबद्ध रूपमा चोरी गर्दै हिंड्ने फरार प्रतिवादी पक्राउ

धादिङ । धादिङ प्रहरीले चोरी गर्दै हिंड्ने एक फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । पटकपटक चोरी गर्दै फरार रहदै आएका धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नंम्बर ३ कात्राक बस्ने २१ बर्षिया श्याम प्रजा भन्ने सुर्य बहादुर मगरलाइ प्रहरीले एक बर्षपछि पक्राउ गर्न सफल भएको हो ।
चोरी मुद्दामा फरार रहदै आएका मगरले २०७७ साल असोज २५ गतेको फैसला बमोजिम ७ महिना २४ दिन कैद सजाय तोकी कैद भुक्तान गर्न बाँकी थिए । त्यस्तै, उनी विरुद्ध गत जेठ ०१ गते रातीको १० बजेको समयमा समेत धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ करङखोलामा रहेको ब्लु हेबन रेष्टुरेण्ट एण्ड बार र द ब्लु हेबन रेष्टुरेण्ट प्रा.लि. मा समेत चोरी गरेका थिए ।
मुख्य प्रतिवादी रही लामो समयदेखि फरार रहदै आएका र अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा समेत फरार रहदै आएका मगरले केही समय अघि पुनः केही पसलमा चोरी गरेको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा पौष १७ गते राती साँढे नौ बजेको समयमा मलेखुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरको शरीर तथा उनी बसोबास गर्ने घर कोठा समेतको खानतलासी गर्ने क्रममा उनको साथबाट नेपाल टेलिकमको दुइ हजार सात सय पचास रुपैयाँ बराबरको रिचार्ज कार्ड सहित पच्चीस सय रुपैयाँ नगद र सुनको छड्के तिलहरी एक थान, सुनको माईली तिलहरी एक थान, सुनको जन्तर एक थान, सुनको रामलिला झुम्का एक जोर , चाँदीको कल्ली १ जोर, चाँदीको बाला ३, आईफोन 4S मोबाईल एक थान बरामद गरेको छ ।
बरामद गरिएको सामान सहित पक्राउ परेका उनीविरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा सम्मानित जिल्ला अदालत धादिङबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्