दिल्लीमा समुदायमा फैलियो ओमिक्रोन भेरियन्ट

काठमाडौँ, १५ पुस । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले विदेश यात्रा नगरेका व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण पुष्टि हुनुले बिस्तारै यो समुदायस्तरमा फैलिरहेको बताएका हुन् ।
उनले दिल्लीको अस्पतालमा २ सय कोरोना सङ्क्रमित भर्ती छन् । यसमा विदेशमा यात्रा गर्नेहरू पनि छन् । यसमा १०२ जना सङ्क्रमित दिल्लीकै र ९८ जना बाहिरका रहेको उनको भनाइ छ ।
उनले दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण दर बढ्दो क्रममा रहेको उनको भनाइ छ ।
भारतमा कोरोना भाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या बढेर १३ हजार १५४ पुगेको छ । यसमध्ये ओमिक्रोनबाट सङ्क्रमित ९६१ रहेका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित छन् । महाराष्ट्रमा यो सङ्ख्या २५२ रहेका छन् ।
पछिल्लो दिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा येलो अलर्ट घोषणा गरेका थिए । यसमा कयौँ प्रतिबन्धहरू थप गरिएका छन् ।
सिनेमा घर, जिम, स्कुल, कलेज आदि बन्द गरिएको छ । तर, जुन दरमा कोरोना सङ्क्रमित बढिरहेका छन्, आगामी दिनमा स्थिति झनै खराब हुने विज्ञहरूले बताएका छन् । –एजेन्सी
क्याटेगोरी : समाचार
ट्याग : #ओमिक्रोन भेरियन्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्