Techie IT
आईतबार, वैशाख ७,२०८२

बागमती प्रदेश सरकार टिकाउन १४ मन्त्रालय


काठमाडौँ, ९ पुस । बागमती प्रदेश सरकार ८ देखि १४ मन्त्रालय बनाइएको छ । सरकार टिकाउन मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो सरकार टिकाउनका लागि मन्त्रालय फुटाएका हुन् ।

त्यसै क्रममा शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै प्रदेश प्रमुख शर्माले शपथ गराएका छन् ।

यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे नियुक्त भएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545