ईलाका प्रहरी कार्यालय टाँडीका (डिएसपी) राना प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्र बहादुर राना बागमती प्रदेशकै उत्कृष्ट भएका छन् ।
आज (शुक्रबार) बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको प्रतिवेदनका क्रममा डिएसपी राना कार्य सम्पादनमा बागमती प्रदेशकै उत्कृष्ट भएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) प्रकाश जंग कार्कीका अनुसार काठमाडौं उपत्यका बाहेक विभिन्न दस जिल्लामा गरिएको कार्यसम्पादन मुल्यांकनका क्रममा मंसिर महिनाको उत्कृष्ट प्रहरीका रूपमा ईलाका प्रहरी कार्यालय रत्ननगरले प्रथम स्थान हासिल गर्न सफल भएको बताए ।
बागमती प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा प्रकाशीत गरेका हौं ।
उनलेे भने, प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा प्रदेशबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरिएको बताए ।
डिएसपी रानाले आफुलाइ सुम्पिएको जिम्मेवारी लगनशीलता, इमान्दारीताका साथ अनुशासित एवं उत्कृष्ट ढंगबाट सम्पादन गरेको उनको भनाईं छ ।
डिएसपी रानाको नेतृत्वको प्रहरीको टोलीले भाद्र २५ गते रत्ननगर नगरपालिकाको वर्डा नम्बर १ मा ज्यान मार्ने मनाशयले भएको आक्रमणको घट्नामा संलग्न फरार प्रतिवादी पक्राउ गर्नुको साथै, असोज २७ गते पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ स्थित शान्तिचोकमा लागूऔषध संचय गरी राखेको भन्ने सूचनाको आधारमा १४५ किलो ८३३ मिलिग्राम प्रतिबन्धित लागूऔषध चरेस सहित ३ जना अभियुक्त पक्राउ गरेका थिए ।
त्यस्तै, कार्तिक ७ गते कालिका नगरपालिका ९ मा कर्तव्य गरी मारिएको घट्नामा संलग्न प्रतिवादीलाइ पक्राउ, कार्तिक ८ गते सौराहा राष्ट्रिय निकुञ्जको कार्यालयमा रहेको कम्प्युटर लगायतका सामाग्री चोरी कार्यमा संलग्नलाइ पक्राउ, मंसिर २० गते कालिका नगरपालिका ९ मा रहेको नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ८ वटा सवारी साधन नियन्त्रणमा लिन सफल भएका उनलेे नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रमा प्रभावकारी रूपमा प्रहरी परिचालन गरी त्रुटि रहित ढंगबाट सुरक्षा कायम गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको बताइएको छ ।
शान्तिसुरक्षामा अब्बल चितवन प्रहरीले यसअघि पनि पटक पटक उत्कृष्ट नतिजा हात पार्न सफल भइसकेका छन् । चितवन प्रहरीको रूपमा (एसपी) ओम प्रसाद अधिकारीले नेतृत्व सम्हालेपछि चितवन प्रहरीको सक्रिय भुमिका देखिदै गएको हो । अपराध हुनै नदिने यदी भइहाले अपराधीलाइ पक्राउ गरी कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आएका (एसपी) अधिकारी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्