Techie IT
शुक्रबार, वैशाख ५,२०८२

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ


चितवन । चितवनमा आफ्नै श्रीमतीको हत्याको  अभियोगमा श्रीमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्वर ६ अमरबस्ती बस्ने २२ बर्षिया अम्बिका महतोको हत्यामा संलग्न रहेको आरोपमा उनैको श्रीमान २५ बर्षिया साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

पौष ५ गते आइतबार राती आफ्नै घर छेउमा लडी घाईते भएको अवस्थामा रहेकी अम्बिकालाइ हिजो (सोमबार) बिहान आफन्तले उपचारको लागि भरतपुर अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मृतकको शरिरमा लागेको घाउचोट, घटनास्थलको प्रकृती हेर्दा अस्वभाविक लागी अनुसन्धान गर्ने क्रममा अम्बिका महतोलाई उनैको श्रीमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका आरोपित साजन विरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाई अघि बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545