Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रतिबन्धित लागुऔषध सहित चितवनबाट एक जना पक्राउ


चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ४५ वर्षीया प्रकाश खनाललाई प्रतिबन्धित २ सय ४४ पिस लागूऔषधसहित पक्राउ गरेको हो ।

ग.२०. प. ६१५५ नम्बरको मोटरसाइकलमा सवार उनलाइ रामनगर प्रहरीले गत पौष १ गते बुधबार राती नै भरतपुर महानगरपालिका १ भतेरी जंगलबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीविरुद्ध लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट दस दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545