Techie IT
आईतबार, वैशाख ७,२०८२

पूर्वराजा ज्ञानेन्द्र शाहसँग मैले कुनै सहमति गरेको छैन : प्रचण्ड


पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले कुनै पनि सहमति र सम्झौता नगरेको बताएका छन् ।

हिजो बुधबार ओलीले ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो’ भन्ने अभिव्यक्ति दिएपछि आज बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले ओलीको आरोप अस्वीकार गरेका हुन् । प्रचण्डले पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई चुनौती समेत दिएका छन् ।

आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विष्लेषण सही रहेको दाबी गर्दै प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लगानीकर्ताको हितमा रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

ओलीको अभिव्यक्तिले स्वयम् आफूलाई झुट, बेइमान र धोकाधडी गर्ने व्यक्तिको रुपमा चित्रण गरेको प्रचण्डको आरोप छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545