Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेस नेतृत्वको मतगणना अपडेट :देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा


काठमाडौं, २८ मंसिर । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । ३ हजार १८१ मत गन्दासम्म देउवाले १ हजार ५०६ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १ हजार १७८ मत ल्याएका छन् ।

यसैगरी विमलेन्द्र निधिले १७३ मत, प्रकाशमान सिंहले २५४ मत र कल्याण गुरुङले १५ प्राप्त गरेका छन् ।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545