Techie IT
आईतबार, वैशाख ७,२०८२

भारतमा एकै दिन १७ जनामा देखियो ‘ओमिक्रोन’ भेरियन्ट


नयाँदिल्ली, २० मंसिर । छिमेकी मुलुक भारतमा एकै दिन १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा राजस्थानमा ९ जना र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन भाइरस देखिएको हो ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको बताइएको छ ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक/एक जनामा ओमिक्रोन देखिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओमिक्रोन भेरियन्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545