Techie IT
आईतबार, वैशाख ७,२०८२

इजाजत नलिइ वैकिङ कारोबार गर्ने ई-कमर्स इन्टरनेशनलका निर्देशक पक्राउ


चितवन । चितवन प्रहरीले इजाजतपत्र नलिइ बैकिङ कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोकमा रहेको मेक्स मि ई-कमर्स इन्टरनेशनलले नेपाल राष्ट्र बैंकबाट (ईजाजत) पत्र समेत नलिइ दैनिक रुपमा निक्षेप संकलन गरी ऋण समेत प्रवाह गरी ठगी गरेको आरोपमा दैलेख आठबिस नगरपालिका वडा नम्बर ७ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ बर्षिया पुष्पराज तिमिल्सेनालाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।

कम्पनीको कार्यकारी निर्देशक समेत रहेका तिमिल्सेनाले सर्वसाधारणलाई झुक्कानमा पारी अन्य संस्थाले भन्दा राम्रो व्याज दिनुको साथै, आर्थिक प्रलोभन समेत देखाई खाता खोल्न लगाई पासबुक समेत बनाइएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनी विरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी समेत परेको छ । मंसिर ६ गते पक्राउ परेका तिमिल्सेना ठगी कसुरमा थप अनुसन्धान गर्नका लागी सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात बर्ष कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545