Techie IT
आईतबार, वैशाख ७,२०८२

तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका ९२ जना फरार प्रतिवादी पक्राउ


तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको चार महिनामा ९२ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । (एसपी) राजेन्द्रबाबु रेग्मीका अनुसार सम्मानित तनहुँ जिल्ला अदालतबाट विभिन्न मितिमा कैद सजाय पाइ फरार रहेका ९२ जना फरार प्रतिवादीहरुलाइ प्रहरीले पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन सफल भएको हो ।

पक्राउ पर्नेमध्य ८० जना पुरुष र १२ जना महिला रहेकी छिन् । उनीहरुबाट ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानी तथा २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गर्न बाँकी रहेको (एसपी) रेग्मीले बताए । ।

तनहुँ प्रहरीले झन्डै दुइ बर्षयता फरार प्रतिवादीलाइ पक्राउ गर्ने अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियान अन्तर्गत प्रहरीले २०२५ साल वैशाख १४ गते फैसला भई लामो समयदेखि फरार रहदै आएका एक प्रतिवादीलाई झन्डै २६ वर्षपछि पक्राउ गर्न सफल भएको थियो ।

त्यस्तै, प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछ्र्यौट गर्न समेत सफल भएको छ भने ८९ जनालाई पक्राउ गरेको छ । जस्मा एक जना अझै फरार छन् भने, २४ जना पुर्पक्षका लागि अहिले थुनामा छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545