फोहरलाई पुनः प्रयोग गरी लाभान्वित हुँदै महिला

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरुलाई आय आर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम सुरु भएको छ । नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहरलाई ‘मोहर’ बनाउने अभियानअनुरुप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेपछि अहिले नगरभित्रका १८ महिला सो तालिम लिइरहनुभएको छ ।
‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्ने गरी सहभागी गराएर तालिम प्रदान गरेको हो । नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने उहाँको भनाइ छ ।
तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिकरूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा बिक्री गरेर आम्दानी गर्न सकिने छ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै उहाँहरुले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने सुनुवारले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजनासमेत अघि बढाइसकेको नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताउनुभयो । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषि तथा फलफूलजन्य उत्पादनको बजारीकरणका लागि कृषि उपज सङ्कलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ । तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहनुभएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #फोहरलाई पुनः प्रयोग, #महिलाको सीप विकास
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्