Techie IT
आईतबार, वैशाख ७,२०८२

विवाह गर्दै हुनुहुन्छ भने गणपति ज्वेलर्स ल्याएको छ ‘विवाह उत्सव’


काठमाडौं – विवाहको मौसमलाई लक्षित गरेर गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ। यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपतिले मिलाउने छ।

‘विवाह उत्सव’ योजना मंसिरदेखि २ महिना चल्ने ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाए। ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामनासहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँग विवाह उत्सवले तपाईंलाई जीवनभरको मीठो सम्झना दिलाउनेछ।

काठमाडौंको न्युरोड विशाल बजारको जनसेवा छेवैमा रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ। गणपति ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीलाई मीठो सम्झना दिलाउने विश्वास पनि बेगानीले व्यक्त गरेका छन्।

‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुने विश्वास गरेका छौं। हामी यस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’ बेगानीले भने, ‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र उहाँहरुको जीवनलाई झकिझकाउन बनाउने, खुसी र आनन्ददायी बनाउने हो।’


क्याटेगोरी : समाचार
ट्याग : #‘विवाह उत्सव’, #गणपति ज्वेलर्स


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545