Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले महाधिवेशनलाई सत्यमोहन जोशीको शुभकामनाः समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा सफलता मिलोस्


काठमाडौँ, २ मंसिर । संस्कृतिविद एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि शुभकामना दिएका छन् ।

उनले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनलाई जोशीले शुभकामना दिएका हुन् ।

उनले नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपालीको अवधारण ल्याएको त्यसको कार्यान्वयनका लागि राष्ट्रिय संकल्पमा सफालता मिलोस् भन्दै शुभकामना दिए ।

यस्तो छ उनको शुभकामना सन्देशः

वास्तवमा विभिन्न पार्टीहरु आफ्ना लक्ष्य र आकाङ्क्षा लिएर राष्ट्र निर्माणका क्रममा लागिरहेका हुन्छन् ।

त्यस पृष्ठभूमिमा एमालेले सरकारमा हुँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को एउटा राष्ट्रिय संकल्प ल्याएको थियो ।

त्यो प्रचारमा पनि आएको थियो त्यसबेला । त्यो स्वागतयोग्य थियो । त्यसको कार्यान्वयनमा विभिन्न अवरोधहरु भए तर समृद्ध नेपालका लागि अनेक किसिमका आयोजना—परियोजनाहरु कार्यान्वयनमा आएका थिए । संकल्प नै भएन भने के गर्ने? लक्ष्य नै भएन भने कहाँ जाने ? त्यसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने ज्यादै राम्रो लाग्यो मलाई ।

मान्छेले खानापिन पाएर मात्रै हुँदैन । कला, कृति, साहित्य संस्कृति सबैको उन्नति हुनुपर्छ । जनजीवन माथि उठ्नुपर्छ । मुलुक चलायमान र समृद्ध हुनुपर्छ । जीवन स७३घढसखी बनाउन समृद्ध नेपालको नारा सामयिक छ । त्यसैले यो नारा
कार्यान्वयनमा सफलता मिलोस् । 

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि म शुभकामना दिन चाहन्छु । एक पार्टीभन्दा दुई वा धेरै पार्टी हुनु पनि राम्रो हो । सबै पार्टीको लक्ष्य समृद्ध नेपाल नै हुनुपर्छ । पार्टीहरु हिँड्ने हरेक बाटो भने फरक हुनसक्छ । तीमध्ये मलाई एमालेको समृद्ध नेपालको बाटो ज्यादै मन परेको छ । यसको सफताको कामना गर्दछु । 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्यमोहन जोशी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545