Techie IT
आईतबार, वैशाख ७,२०८२

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ


चितवन । चोरी मुद्दाका फरार प्रतिवादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ । सम्मानित चितवन जिल्ला अदालतबाट एक महिना कैद र त्रिचालिस लाख चौसठ्ठी हजार नौ सय त्रिचालिस रुपैयाँ जरिवाना तोकी फरार रहेका प्रतिवादीलाइ हिजो (बुधबार) प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३६ बर्षिया सन्तोष खड्का रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका खड्कालाई प्रहरीले साँढे २ बर्षपछि पक्राउ गरेको हो ।

२०७५ चैत २७ गते अदालतको फैसला आए संगै उनी फरार रहदै आएका थिए । लामो समयदेखि फरार रहदै आएका खड्कालाई प्रहरीको सक्रियताका बाबजुद पक्राउ गर्न सफल भएको बताइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545