Techie IT
शनिबार, वैशाख ६,२०८२

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिनुभएको छ । बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उहाँले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिनुभयो ।

“खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गर्नुभयो ।

पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, #महिला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545