चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने

कात्तिक । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ ।
बिहीबार सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै शुक्रबार बिहान १० बजेअघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ ।
बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानून व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन आग्रह गरेको जानकारी दिएका छन् ।
प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारले चेतावनी दिएको छ ।
सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपील गरेको छ ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शम्शेर जबरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्