बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहनुभएका उहाँले नेपालप्रतिको बेलायती सांसदहरूले देखाउनुभएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताउनुभयो ।
नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उहाँको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
विभिन्न अवसरमा बेलायतको संसद्मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराउँछ भन्नुभयो ।
सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड शेख, लगानी मञ्चका अध्यक्ष लर्ड ल्याङकास्टर र सांसद क्याथरिन वेस्टले बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नुहुनेछ भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उहाँ सहभागी हुनुहुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्नुहुनेछ ।
क्याटेगोरी : समाचार, देश परदेश
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्