तिहार नजिकिएसँगै माला उन्दै वनमाला

तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला ।
विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेसाको रुपमा फूलखेती गर्दैआएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउनुहुन्छ । धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भए पनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उहाँ बताउनुहुन्छ ।
पुख्र्यौली पेसाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखिनै फूलखेती गर्दै आएको थाहा पाएको बताउनुहुन्छ । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको बताउदै उहाँले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताउनुहुन्छ । विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आउनुभएका स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउनुहुन्छ । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उहाँको तर्क छ ।
रोजगारीका लागि मलेसिया गएका श्रीमान्लाई नेपाल फर्काएर विगत चारवर्षदेखि श्रीमान्ले पनि फूलखेतीमै साथ दिएपछि विदेशमा भन्दा राम्रो कमाइ भएको उहाँ बताउनुहुन्छ । स्थानीयवासी सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गर्नुभएको छ । उहाँले भन्नुभयो, “घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ ।” मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुनेभएकाले यसतर्फ आकर्षण बढेको हो ।
बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट रु ४० हजार आम्दानी गरेको बताउनुभयो । किसानले बजारमा आफैले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयासम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु २५ देखि ३५ रुपैयासम्म दिने गरेका छन् ।
नजिकिँदै गरेको तिहारका लागि आवश्यकपर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउनुहुन्छ ।
फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ, भने आम्दानी रु एक लाखसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार, स्थानीय
ट्याग : #तिहार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्