देशको पहाडी भूभागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।
“उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।” उहाँले भन्नुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #वर्षाको सम्भावना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्