Techie IT
आईतबार, वैशाख ७,२०८२

खैरहनीका हवल्दार बिष्णु मल्ल बने चितवन जिल्लाकै उत्कृष्ट प्रहरी


चितवन । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यारत प्रहरी हवल्दार बिष्णु मल्ल (सोमबार) जिल्ला प्रहरी कार्यालय चितवनबाट “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।

आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई “आश्विन महिनाको उत्कृष्ट प्रहरी” घोषित गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेवा केन्द्र दरबन्दी भई ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कायारर्त प्रहरी हवल्दार मल्लले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाइ सुराकी लगाइ पक्राउ गरी कानुनी दायरामा ल्याइ सक्रिय भुमिका निर्वाह गरेको, विभिन्न स्थानहरूमा भएको जुवाखेलमा संलग्नलाइ पक्राउ गर्न सफल भएको, नदीजन्य वस्तुहरु अवैध रूपमा उत्खनन गर्ने ट्याक्टर लाइ नियन्त्रणमा लिन सफल भई विभिन्न अपराध नियन्त्रणमा उल्लेखनीय कार्यहरू गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको भन्दै चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले उनलाई आज जिल्लाकै “उत्कृष्ट प्रहरी घोषित” गरिएको हो ।

मल्ल “उत्कृष्ट प्रहरी घोषित” भएसँगै जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रहरी हवल्दार मल्लले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै आएका उनी ब्यवसायिक छवि भएका प्रहरीका रूपमा समेत चिनिन्छन् । उनलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने भएकोले सम्मान गरिएको चितवन प्रहरीले जनाएको छ ।

उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिना सम्म राखिदै आईरहेको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरास्कृत र नराम्रो काम गर्नेलाई दण्डित समेत गर्दै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545